तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भाग चार - मधेसी मोर्चा: मुख्य मुद्दा समावेशीकरणको तर आफैं असमावेशी

  • 29 एप्रिल 2013

भाग चार -मधेसी मोर्चा: मुख्य मुद्दा समावेशीकरणको तर आफैं असमावेशी

२०६३ सालको मधेस आन्दोलनपछि तराईमा मूलत: मधेसी जनाधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र सदभावना पार्टी क्षेत्रीय दलका रुपमा उदाए।

सत्तारोहणपछि चिरा चिरा परेका यी दलहरुको मुख्य मुद्दा नै राष्ट्रिय राजनीति र राज्यका विभिन्न निकायमा मधेसी समुदायको न्यायोचित समावेशीकरण थियो। तर तराई केन्द्रित यी दलहरुले तराई भित्रकै जातीय, भाषिक र क्षेत्रीय विविधतालाई सम्बोधन गर्न नसकेको आरोप खेप्दै आएका छन्।

दलहरु भित्रको सांगठनिक संरचनामा समावेशीकरणको अवस्था केलाउँदै आएका हाम्रा सहयोगी मेघराज रसाइलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच वटा दल मध्ये तीनवटा दल विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, महन्त ठाकुर नेतृत्वको तमलोपा र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीबारे चर्चा गरेका छन।

उनी भन्छन् – समावेशीकरणकै मुख्य मुद्दा उठाएर स्थापना भएका यी दलहरु भित्र महिला, दलित र पहाडी समुदायहरु आवाज विहिन सरह देखिन्छन।