तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फिफा अध्यक्ष कतार जाने

  • 4 अक्टोबर 2013

कतारमा नेपाली श्रमिकहरुलाई 'दास' जस्तो व्यवहार गरिएको भन्ने दावीका बीच विश्वकप फुटबल आयोजक संस्थाका अध्यक्ष कतार जान लागेका छन्।

शुक्रबार जेनेभामा बोल्दै फिफा अध्यक्ष सेप ब्लाटरले कतारमा नेपाली कामदारहरुको अवस्थाबारे आफुले थुप्रै पत्रहरु पाएको बताए।

उनले कामदारहरुको सुरक्षा र उपयुक्त काम गर्ने वातावरणको जिम्मा कतार सरकारकै भएको कुरामा जोड दिए।

सुधार

उनले सन् २०२२ मा कतारमा हुन गैरहेकेा विश्व कप अघि स्थितिमा सुधार ल्याउन प्रशस्त समय रहेको पनि बताए।

बिहीबार फिफाको बैठक भैरहेको स्थल बाहिर कैयौं संस्थाहरुले प्रदर्शन गरेका थिए।

गत महिना ब्रिटेनबाट प्रकाशित हुने दि गार्डियन समाचारपत्रले गत जुन तथा अगष्ट महिनाको बीचमा कतारमा चौवालिस जना नेपाली कामदारहरुको ज्यान गएको जनाएको थियो।

उसले त्यहाँ नेपालीहरुलाई दास जस्तो व्यवहार गरिएको जनाएपछि संसारभरि सो समाचारले ध्यानाकर्षण गरेको थियो।