तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ज्योति पाण्डे सिग्देल

  • 19 अक्टोबर 2013

काठमाण्डौको निकै लामो इतिहास बोकेको नेपाल कमर्स क्याम्पस, मीनभवनले हाल स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ।

करिब ७ हजार विद्यार्थी र सय भन्दा धेरै अध्यापक रहेको सो क्याम्पस हाल एकजना महिलाको नेतृत्वमा चलिरहेको छ।

५० बर्ष लामो इतिहासमा उक्त क्याम्पसको पहिलो महिला प्रमुखका रुपमा गएको ८ महिना देखि ५२ बर्षिया ज्योति पाण्डे सिग्देल कार्यरत छिन्।

२१ औं शताब्दीमा महिलाले बेहोर्नुपर्ने जोखिम, चुनौति तथा अवसरकाबारे अक्टोबर महिनाभर बीबीसीमा सय महिला नामक श्रृंखला प्रस्तुत गर्ने क्रममा हाम्री साथी हरिदेवी रोकायाले उनीसंग कुराकानी गरेकी थिइन्।