तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बसमा भएको आगलागीमा कम्तीमा चालिस जनाको मृत्यु

  • 30 अक्टोबर 2013

दक्षिणी भारतमा गुडिरहेको एउटा बसमा लागेको आगोमा परी कम्तीमा चालिसजनाको ज्यान गएको छ।

स्थानीय प्रहरीले बेंगलोरबाट हैदरावादतर्फ गैरहेको उक्त बसमा उनन्पचासजना यात्रुहरु यात्रा गरिरहेको जनाएका छन्।

प्रहरीले निजी व्यवसायीद्वारा सन्चालित उक्त बसको इन्धनराखिएको ट्याँकी सडक किनारामा एउटा पुलसँग ठोक्किएपछि त्यसमा आगो लागेको जनाएका छन्।

उक्त दुर्घटना हुँदा धेरैजसो यात्रुहरु सुतिरहेका बताइएको छ।

ढोका

समाचारहरुमा बसका सबै ढोकाहरु सेन्ट्रल लकिङ सिस्टमबाट बन्द गरिएका कारण यात्रुहरुले ढोका खोल्न नसकेको जनाइएको छ।

बस चालक भने झ्यालबाट हाम्फालेका थिए।

मारिनेहरुमध्ये धेरैजसो आफ्नो परिवारसँग दिपावली मनाउन गैरहेका सफ्टवेयर इन्जीनियरका परिवारहरु भएको बताइएको छ।