रमझमका साथ तिहार पर्व सम्पन्न

रंग, फूलमाला, मिठाई, उज्यालो र विभिन्न पूजाआजाको पर्व तिहार रमाइलोका साथ सम्पन्न भएको छ।

काग
तस्बिरको क्याप्शन,

यम पञ्चक पनि भनिने तिहार पर्वमा कागलाई यमदूतका रुपमा तिहारको पहिलो दिन पूजा गर्ने चलन रहिआएको छा फोटो: नवराज वाग्ले

तस्बिरको क्याप्शन,

दोस्रा दिन नरक चतुर्दशीका अवसरमा यमराजका दूत कुकुरलाई मिठो खानेकुरा सहित पूजा गरिन्छ। फोटो: एपी

तस्बिरको क्याप्शन,

तेस्रो दिन विहान गाई पूजाको दिन गोठहरुमा गाइलाई पोषिलो दाना, पिठो, नून आदि चढाएर सम्मान साथ पूजा गरिन्छ। फोटो: एपी

तस्बिरको क्याप्शन,

गाईको पूजा गर्दा जनै पूर्णेमा हातमा बांधिएको डोरो फुकाली गाईको पु्च्छरमा बांधेर सेलाउने गरिन्छ।फोटो: रोयटर्स

तस्बिरको क्याप्शन,

तिहारको तेस्रो दिन बेलुका घरघरमा लक्ष्मीको पूजाको बेला लक्ष्मी स्थापना गर्दा धनधान्यकी देवी लक्ष्मीको तस्वीर सहित गर्ने प्रचलन छ। फोटो: एपी

तस्बिरको क्याप्शन,

तिहारको अर्को विशेषता मौसम अनुसारको फूल र त्यसको माला हो। फूलको माला घरको झ्याल ढोका सजाउन प्रयोग हुन्छ। फोटो: रोयटर्स

तस्बिरको क्याप्शन,

तिहारको चौथो दिन नेवार समुदायले, नेपाल सम्बतको नयां बर्षको पर्व स्वरुप विभिन्न झांकी र जुलुस प्रदर्शन गर्ने गर्दछन्। फोटो: रोयटर्स

तस्बिरको क्याप्शन,

नेवार समुदायले तिहारको चौथो दिन आफ्ना अंगहरुको पूजा गर्ने गर्दछन्। म्ह: अर्थात जीउ को पूजाको गहन सामाजीक, सांस्कृतिक र धार्मिक महत्व छ। फोटो: जीतेन्द्र बज्राचार्य

तस्बिरको क्याप्शन,

तिहारमा लक्ष्मीपूजा देखि भाइटिका र म्ह: पूजामा समेत विभिन्न रंगहरुको विशेष महत्व रहन्छ। फोटो: एपी

तस्बिरको क्याप्शन,

चांडै नओइलाउने र लामो समयसम्म टिकीरहने मखमली फूलको माला भाइटिकामा दाजुभाईको दीर्घायुको कामना गर्दै लगाइदिने गरिन्छ। फोटो: एपी

तस्बिरको क्याप्शन,

काठमाण्डूको नेवार समुदायको भाइटिका मनाउंदा अपनाउने आफ्नो बेग्लै चलन छ। फोटो: जीतेन्द्र बज्राचार्य

तस्बिरको क्याप्शन,

तिहारमा चिनीबाट बनेका विभिन्न आकृतिहरु सहितको मिठाइ काठमाण्डूको विशेषताका रुपमा नै रहेको छ। फोटो: जीतेन्द्र बज्राचार्य