पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित
पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित

पोखरा उपमहानगरपालिकासंगै जोडिएको अर्मला गाउं विकास समितिको जोगीमारे फांट र वस्तीमा जमिन भासिन थालेको छ।
रातारात जमिन भासिएर परेको खाडलको गहिराइ १०, १५ फिटसम्म रहेको छ।
अर्मला गाउं विकास समितिमा जमिन भासिंदा हालसम्म चारवटा घरमा क्षति पुगेको छ।
मंसिर महिनाको पहिलो हप्ताबाट कास्की जिल्लाको अर्मला गाउं विकास समितिमा जमिन भासिने घटना देखिन थालेको हो।
अर्मला गाउं विकास समितिको जोगीमारे फांटमा स्थानीयबासीलाई विपत्ती ल्याइदिएको जमिन भासिने क्रम अझै जारी रहेको छ।
विपतको दृश्य हेर्न अर्मला गाउं विकास समितिमा अन्य ठाउंबाट मासिनहरुको ओइरो लाग्ने गरेको छ।
आफ्नो बस्तीमा जमिन भासिन थालेपछि घरहरुमा पनि नोक्सान पुग्ने हो की भनी स्थानीयबासीहरु चिन्तित बनेका छन्।
हालसम्म अर्मला गाउं विकास समितिको जोगीमारे फांट र बस्तीका विभिन्न पचास ठाउंमा जमिन भासिएको छ। सबै तस्वीर सौजन्य: कृष्णमणि बराल