तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मन्डेलाको मृत्यूले दशौं लाख शोकाकूल

  • 6 डिसेम्बर 2013

दक्षिण अफ्रिका र विश्वभरीका दशौं लाख मानिस नेल्सन मन्डेलाको मृत्यूले शोकाकूल भएका छन्।

रंगभेद विरूद्धको अभियानका नायक तथा दक्षिण अफ्रिकाका पहिला काला राष्ट्रपति मण्डेलाको ९५ वर्षको उमेरमा बिहीबार निधन भएको थियो।

जोहानेस्बर्गस्थित उनको घर र सोवेटोमा रहेको उनको पुरानो घर बाहिर सबै उमेरका थुप्रै मानिस भेला भएका छन्।

कतिपयले मुक्ति संघर्षसित सम्बन्धित गीत गाउँदै नाचिरहेका छन्।

अन्य मानिसहरूले उनीहरूलाई स्वतन्त्रता दिलाएका मानिसको जीवन मनाउन त्यहाँ आएको बताएका छन्।

दक्षिण अफ्रिकाका सबै झण्डाहरू आधा झुकाइएका छन्।

दश दिन जतिपछि हुने भनिएको मण्डेलाको राजकीय अन्त्येष्टीसम्म ती झण्डाहरू त्यसै रहने बताइएको छ।