लण्डनमा नेपाली विश्व साइकल यात्रीहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लण्डनमा नेपाली विश्व साइकल यात्रीहरु (भिडियो)

  • 13 अक्टोबर 2014

संसारभरि शान्तिको सन्देश फैलाउन तथा नेपाललाई चिनाउन भन्दै विश्व साइकल यात्रामा निस्किएको तीन सदस्यीय नेपाली साइकल यात्री टोली केहि समय अघि लण्डन आइपुगेको थियो।

ती मध्ये एकजना वीरेश दाहालले उल्टो साइकल चलाउँछन् भने उनका साथीहरु बजिन्द्र महरा तथा बरुण अधिकारीले सुल्टो।

विश्वका ५६ देश घुमिसकेको बताउने उक्त साइकल यात्री टोलीसंग लण्डनमा हालै बीबीसी नेपाली सेवाले कुराकानी गरेको थियो। हेर्नुहोस् भिडियो।