गोरु जुधाई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गोरु जुधाईको उत्सव

  • 17 जनवरी 2015

गोरु जुधाई भन्ने वित्तिकै धेरैको मनमा यूरोपेली देश स्पेनको बुल फाईट आउँछ। तर गोरु जुधाईको एक मौलिक शैली नेपालमा दशकौं अगाडिदेखि प्रचलित छ।

नुवाकोटको तारुका गाउँमा झण्डै डेढ सय वर्ष अघिदेखि स्थानिय मनोरञ्जनका निम्ति थालिएको गोरु जुधाई प्रतियोगिता अचेल खासगरी आन्तरीक पर्यटकहरुका निम्ति आकर्षक बन्न थालेको छ।

हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने तारुकाको गोरु जुधाई मेला बारे बीबीसी नेपालीका सम्वाददाता सञ्जय ढकालको यो रिपोर्ट हेर्नुहोस्।