सहर माछा। तस्वीर: डा अरुणप्रसाद वैद्य
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सहर माछाको कृत्रिम प्रजनन

  • 21 जनवरी 2015

लोपोन्मुख मालुगें सहर माछालाई पहिलोपटक कृत्रिम प्रजनन् गराउन सफल भएको माछा वैज्ञानिकहरुले बताएका छन्।

नदीमा मात्रै पाइने सहर प्रजातिको टोर टोर भनिने मालुगें माछा लोपोन्मुख भएपछि १२ वर्षअघि कालीगण्डकी नदीबाट केही भुरा संकलन गरेर स्यांग्जाको बेलटारीस्थित कालीगण्डकी मत्स्य ह्याचरीमा पालिएको थियो।

विगतका केही वर्षहरुमा द्रुत गतिमा सडक, जलविद्युत लगायतको विकासका कारण माछाको प्राकृतिक वासस्थान खलबलिएकाले मत्स्य विविधतामा ह्रास आईरहेको अध्ययनहरुले देखाइरहेका छन्।

ती भुरा हुर्काएर प्राकृतिक वासस्थानमा छाड्न सके हिमालय क्षेत्रमा मात्रै पाइन सो प्रजातिको माछालाई लोप हुनबाट जोगाउने साथै व्यवसायिक माछा पालनमा प्रयोग गर्न सकिने आशा वैज्ञानिकहरुले लिएका छन।

हाम्रा विज्ञान संवाददाता रमेश भुसालको रिपोर्ट सुनौ।

तस्वीर सौजन्य: डा. अरुणप्रसाद वैद्य