तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भुटानको फेशन: भिडियो

  • 16 फेब्रुअरी 2015

दुर्गम पहाडी अधिराज्य भुटान सम्भवत: विश्वव्यापी फेशनका लागि चर्चित स्थानहरुमा पर्दैन।

केही वर्षअघिसम्म भुटानमा नागरिकहरुका लागि पहिरनबारे निश्चित मापदण्ड नै लागु थियो।

तर सो देशको एउटा लोकप्रिय ब्लगमा चर्चा गरिए अनुसार, अवस्था केही फरक हुँदैछ।

बाहिरी विश्वसँगको बढ्दो सम्बन्ध र पुराना शैली र स्वरुपका पहिरनप्रतिको मोहले भुटानका सडकहरुमा विशिष्ट शैलीको फेसन देख्‍न सकिन्छ।

फेसनका विद्यार्थी कर्मा वांगचुक आफ्नो पढाई सकेर भुटान फर्केपछि उनले सडकहरुमा कसैको पहिरनले आफूलाई आकर्षित गर्ने ‌बित्तिक्कै तिनीहरुको फोटो खिच्ने गर्न थाले।

आफ्नो ब्लग भुटान स्ट्रीट फेशनमा उनले मानिसहरुको लुगाले देशमा भैरहेको परिवर्तनलाई कसरी प्रतिविम्बित गर्छ भन्ने देखाउने गर्छन्।