तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गुगलम्यापबाट सगरमाथा क्षेत्रको भ्रमण

  • 9 एप्रिल 2015

विश्व किर्तिमानी हिमाल आरोही आप्पा शेर्पा सर्च इन्जिन गुगलको सहयोगमा बनाइएको सगरमाथा क्षेत्रको नक्सा देखाउन यसै महिनाको अन्तिममा नेपाल आउने भएका छन्।

सगरमाथा क्षेत्रका लुक्ला, नाम्चे, खुम्जुगं, फोर्स्चे लगायतका ठाउँहरुमा विषेश प्रकारको १५ वटा क्यामरा जडित झोलाजस्तै गरी पछाडी बोक्न मिल्ने ट्रयाकरले खिचेका तस्वीर र अन्य गाउँलेहरुसंग गरिएको अन्तरवार्ता समेत संलग्न सामाग्री गुगलले गुगलम्याप्समा राखिदिएको छ।

अहिले जो कसैले पनि त्यसलाइ इन्टरनेट मार्फत हेर्न सक्छ। हाम्रा विज्ञान संवाददाता रमेश भुसालको रिपोर्ट,