everest
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सगरमाथा हिमपहिरोको एक वर्ष

  • 18 एप्रिल 2015

१६ जना आरोहीको ज्यान लिने गरी सगरमाथामा हिमपहिरो गएको एक वर्ष पुगिसक्दा पनि आफूहरुको हीत र पर्वतारोहणलाई सुरक्षित बनाउनका लागि सरकारले पर्याप्त कदम नचालेको नेपाली पथप्रदर्शक तथा आरोहीहरुले गुनासो गरेका छन्। ज्यान गुमाउनेहरुमध्येका केहीका परिवारले आफूहरुले पाउनुपर्ने पूरा सुविधा समेत नपाएको भन्दै जीवन चलाउन अप्ठ्यारो परिरहेको बताएका छन्। सरकारी अधिकारीहरुले भने स्रोतले भ्याएसम्म आफूहरुले सेवासुविधामा वृद्धि गरेको र पर्वतारोहणलाई सुरक्षित बनाउन नयां कदमहरु चालेको जनाएका छन्। यी तीनै पक्षसंग कुरा गरेर महेश आचार्यले तयार पारेको यो रिपोर्ट।