सर्पले सर्प खाँदा

विशेषगरी गर्मीमा तराईमा देखिने ब्यान्डेड करेत जातका सर्पहरु आहाराको रुपमा अन्य सर्प खोज्दै जमिनमा देखापर्छन्।

गर्मीको समयमा विशेषगरी ब्यान्डेड करेत जस्ता विषालु सर्प छ्याप्छ्याप्ती जमिनमाथि देखिने गर्छन्। तस्वीरहरु: उमाकान्त खनाल
तस्बिरको क्याप्शन,

गर्मीको समयमा विशेषगरी ब्यान्डेड करेत जस्ता विषालु सर्प छ्याप्छ्याप्ती जमिनमाथि देखिने गर्छन्। तस्वीरहरु: उमाकान्त खनाल

तस्बिरको क्याप्शन,

प्राय साँझ र विहानको समयमा यस्ता सर्प आफ्नो आहाराको खोजीमा हुन्छन्।

तस्बिरको क्याप्शन,

सर्प विज्ञका अनुसार ब्यान्डेड करेतले अन्य प्रजातिका सर्पलाई आहारा बनाउने गर्छ।

तस्बिरको क्याप्शन,

ब्यान्डेड करेतले करेत समूहमै पर्ने सिरिसे अर्थात रुख साँप, करेत समूहकै अन्य साँप, गोमन तथा धामन प्रजातिका सर्पलाई खाने गर्छ।

तस्बिरको क्याप्शन,

ब्यान्डेड करेत अथवा राजा सर्पले हत्तपत्त मानिसलाइ टोक्दैन तर टोकेको खण्डमा मानिसको बाँच्ने सम्भावना अत्यन्तै न्यून हुने गरेको विज्ञहरु बताउँछन्।

तस्बिरको क्याप्शन,

सर्प विज्ञका अनुसार ब्यान्डेड करेत खासगरी सुख्खा तथा घरको छेउछाउ बस्न रुचाउँछ।

तस्बिरको क्याप्शन,

ब्यान्डेड करेत अरुबेला त्यति आक्रमक स्वभावको नभए पनि आफ्नो आहारा देख्ने वितिक्कै आक्रमक हुने गर्छ।