तपाईं कति समान?

  • 19 नोभेम्बर 2015

यो बीबीसी क्यालकुलेटरको प्रयोग गरेर तपाईंले आफ्नो देशमा रहेको लैंगिक ‌असमानताको अवस्था थाहा पाउन सक्नुहुन्छ। साथै यो विषयमा तपाईंको देश संसारमा कुन स्थानमा छ भन्ने पनि थाहा पाउन सक्नु हुन्छ।

तलको सर्च बक्समा आफ्नो देशको नाम टाइप गर्नुहोस् र लैंगिक समानताको दृष्टिले तपाईंको देश कुन स्थानमा छ थाहा पाउनुहोस्। लैंगिक असमानता सम्बन्धी तथ्यांकहरु विश्व आर्थिक मञ्चको प्रतिवेदनमा आधारित छ। त्यस्तो तथ्यांकको संकलन कुन कुन देशमा महिलाहरु पूर्ण रुपमा राजनीतिक तथा आर्थिक जीवनमा सहभागी हुन पाउंछन् र शिक्षा तथा स्वास्थ्य सेवामा अन्य भन्दा बढी समान रुपमा पहुंच पाउने अवस्थामा छन् कि छैनन् भनेर गरिएको थियो।

t>

स्रोतहरु

विश्व आर्थिक मञ्च, युनेस्को इन्स्टीट्यूट अफ स्ट्याटिस्टिक्स, ओइसीडी

मेथडोलोजी

विश्वव्यापी लैंगिक असमानता सूचकांक तयार पार्नका लागि विश्व आर्थिक मञ्चले आर्थिक सहभागिता र अवसर, शैक्षिक उपलब्धि, स्वास्थ्य तथा आजीविका र राजनीतिक सशक्तिकरण जस्ता विषयहरुसंग सम्बन्धित एक दर्जन विभिन्न तथ्यांकहरुको विश्लेषण गरेको थियो।