मृतप्राय: नदीहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मृतप्राय: नदीहरु

  • 12 एप्रिल 2016

बाँग्लादेशमा करोडौ मानिसहरु तिनका आजीविकाकालागि नदीहरुमाथि निर्भर छन्। तर बढ्दो प्रूदू्षण र जमीन अतिक्रमण आदिले गर्दा कैयौं नदीहरु मृतप्राय: बन्दै गएका छन्। त्यस्तो क्रम निकै तीव्र देखिन्छ।

खासगरेर माछा मारेर गुजारा गर्ने माझीहरुको आम्दानीको मुख्य स्रोत नै सुक्दै गएको छ।

वातावरणविद्हरु भन्छन्, संभाव्य वातावरणीय विध्वंशबाट जोगाउन बाँग्लादेशका नदीहरुको संरक्षण गर्नैपर्दछ।

उनीहरु भन्छन्, छिटो छिटो भैरहेको परिवर्तनले लाखौं मानिसहरुको जीवनमा नकारात्मक असर परिरहेको छ।