'प्रजातन्त्र' देखि 'लोकतन्त्र' सम्म

२०४६ सालको पहिलोदेखि २०६२/२०६३ सालसम्मको दोस्रो जनआन्दोलनका मुख्य घटनाक्रम समेट्ने तस्वीरहरु।

गणेशमान सिंह र मनमोहन अधिकारी

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

विगतमा एकसाथ नदेखिएका नेपाली कांग्रेस र वामपन्थी दलले संयुक्त रुपमा गरेको जनआन्दोलनले २०४६ सालमा निर्दलीय पञ्चायती शासन अन्त्य गरेको थियो। तस्वीरहरु: मिनरत्न बज्राचार्य

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

कांग्रेसको राष्ट्रिय सम्मेलनमा आएका भारतीय नेताले जनआन्दोलनप्रति समर्थन जनाएका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

सशस्त्र विद्रोह घोषणा गर्नुअघि नेकपा माओवादी संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा निर्वाचित संसदमा सहभागि थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

राजा वीरेन्द्रको वंश विनाशपछि गद्दीसीन राजा ज्ञानेन्द्र संवैधानिक राजामा सीमित हुन चाहेनन्, उनकै पालामा राजतन्त्र अन्त्य हुन पुग्यो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

राजा विरेन्द्रको वंश विनास हुने गरि भएको दरबार हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठन भएको टोलीले युवराज दीपेन्द्रले गोलीकाण्ड घटाएको र अन्त्यमा आफूले पनि आत्महत्या गरेको दाबी गरेको थियो । यद्यपि उक्त प्रतिवेदनको सत्यतामाथि धेरैले प्रश्न उठाउँदै आएका छन् ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

दाजु वीरेन्द्र जस्तो संवैधानिक राजाभन्दा पनि पिता महेन्द्र जस्तो सक्रिय शासन चलाउन पहिले कार्यकारी अधिकार र पछि सत्ता नै हातमा लिएका राजा ज्ञानेन्द्रको शासन लामो समय टिक्न सकेन।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

संकटकाल घोषणा गरेका राजा ज्ञानेन्द्रले जनआन्दोलन नियन्त्रण गर्न सेना पनि परिचालन गरेका थिए तर अन्तत: उनी पछि हटे।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

२०४६ सालको जनआन्दोलन सफल भएको झण्डै ६ वर्षपछि शुरु भएको माओवादी सशस्त्र द्वन्द्वका क्रममा सर्वसाधारण, सुरक्षाकर्मी र माओवादीसहित हजारौं मारिएका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

राजनीतिक अभिष्ट पुरा गराउन दलहरुले लिएका कतिपय निर्णय र गरेका आन्दोलन प्रकृति आलोचनामुक्त रहेनन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

दोश्रो जनआन्दोलनमा ठूलो संख्यामा सहभागिता जनाएका महिला मध्ये कतिपयले सहादत प्राप्त गरेका थिए भने कयौं घाइते भएका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

पछिल्लो जनआन्दोलनमा भएको भनिएको दमनको छानबिन गर्न आयोग बनाइयो तर आयोगको प्रतिवेदन कार्यान्वयन भएन।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

दोश्रो जनआन्दोलनको सफलतापछि, राष्ट्र एकीकरण गरेका तत्कालीन राष्ट्रपिता पृथ्वीनारायण शाहका शालिक समेत आक्रमणमा परेको थियो।