सुतीरहेका बुद्ध
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुतीरहेका बुद्ध

  • 3 जुन 2016

उत्तरपश्चिम पाकिस्तानलाई प्राचीन बौद्ध राज्य गन्धाराको आधारभूमि पनि मानिन्छ।

त्यहाँ पुरातत्वविद्हरु झण्डै अठारसय वर्ष पुरानो सुतीरहेका बुद्धको मूर्ति उत्खनन तथा संरक्षण गर्ने प्रयासमा जुटिरहेका छन्।

एउटा विशेष किसिमको ढुँगामा बनाइएको सो मूर्ति पाकिस्तानमा अहिलेसम्म पाइएका मूर्तिहरुमध्ये सबैभन्दा ठूलो हो, र संभवत: दक्षिण एसियाकै सबैभन्दा पुरानो पनि।

तर यो एकदमै जीर्ण अवस्थामा छ।

स्थानीय पुरातत्वविद्हरु यो मूर्तिले बुद्धको अन्तिम अवस्थाको चित्रण गरेको ठान्दछन्।

बीबीसीकी अम्बर शम्सीको रिपोर्ट