यामातो तानुका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भेटिए यामातो

  • 3 जुन 2016

जापानको उत्तरी टापु होक्काइदोमा झण्डै एकसातादेखि हराइरहेका एक सातवर्षे जापानी बालक सकुशल भेटिएका छन्।

उनका बाबुआमाले उनले मोटरहरुमा ढुँगा हिर्काएको सजाय स्वरुप उनलाई जँगल नजीकै छाडिदिएका थिए।

एकै छिनपछि आएर हेर्दा यामातो तानुका त्यहाँ थिएनन्।

कैयौं दिनसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि उनलाई जीवितै भेट्टाउने आशा घट्दै गएको थियो।

तर शुक्रबार बिहान उनी जँगलमै रहेको जापानी सेनाको अखाडाको एउटा कोठा नजीकै फेला परेका थिए।

उनले ६ रात सोही ठाउँमा बिताएको र त्यहाँ पानी पनि पिउन पाएको ठानिएको छ।

उनको स्वास्थ्य राम्रो रहेको चिकित्सकहरुले बता‌एका छन्।