निसमा हमला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फ्रान्समा ट्रक हमला

  • 15 जुलाई 2016

फ्रान्सको दक्षिणी शहर निसमा राष्ट्रिय ‌दिवस “बास्टिल डे” को उत्सव मनाइरहेका मानिसहरुको भीडमा चालकले एउटा लरी लगेर जोतिदिंदा बालबालिकाहरु सहित कम्तीमा ८४ जनाको ज्यान गएको छ।

स्थानीय समय अनुसार बिहीबार राती ११ बजे समारोहस्थल प्रोमनाड डेज आंग्लेमा दुई किलोमीटरसम्म लरी चलाएर ती लरी चालकले मानिसहरुलाई किचिदिएका थिए।

प्रत्यक्षदर्शीहरुका अनुसार धेरै भन्दा धेरै मानिसहरुलाई मार्ने प्रयासमा चालकले सडकमा बांगोटिंगो गरी लरी चलाएका थिए।

राष्ट्रपति ओलान्दले सो हमलाको निन्दा गरेका छन्।

उक्त हमलाका कारण पुरै देश स्तब्ध हुन पुगेको छ।

बीबीसी रिपोर्ट (भिडियो)