गाईजात्राका झलक
परम्परागत गाईजात्रा पर्व राजधानी काठमाण्डू र आसपासका क्षेत्रमा मनाइएको छ। वर्षभर ज्यान गुमाएका आफन्तको सम्झना गर्दै यो पर्व मनाउने गरिन्छ।
तस्बिर स्रोत, .
गाईजात्राको दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिंगारेर आ–आफ्ना गाउँटोलमा परिक्रमा गराउने गर्छन्। तस्वीर: गोपेन राई
तस्बिर स्रोत, .
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। तस्वीर: गोपेन राई
तस्बिर स्रोत, .
गाईजात्रामा सहभागीहरुलाई बाटोबाटोमा श्रद्धालुहरुले दूध, फलफूलका साथै पैसा दान गर्ने गर्छन्। तस्वीर: गोपेन राई
तस्बिर स्रोत, .
मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकमा भावविह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको चलन भित्र्याएको बताइन्छ। तस्वीर: गोपेन राई
तस्बिर स्रोत, .
तर त्यति गर्दा पनि रानीको मन शान्त नभएपछि उनको मन बहलाउन राजाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउन आदेश दिएकाले यो पर्वमा विभिन्न हाँस्यव्यंग्य कार्यक्रम पनि गर्ने गरिन्छ। तस्वीर: गोपेन राई
तस्बिर स्रोत, .
देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाण्डू उपत्यकामा यसको विशेष रौनक हुने भएकोले सरकारले उपत्यकामा सार्वजनिक विदासमेत दिएको थियो। तस्वीर: गोपेन राई
तस्बिर स्रोत, .
गाईजात्राको अर्को मुख्य पाटो नाच प्रदर्शन हो। गाईजात्रामा विभिन्न साँस्कृतिक बाजा का साथ लाखे नाच प्रदर्शन गरिन्छ । तस्वीर: गोपेन राई
तस्बिर स्रोत, Matina Twanabasu
भक्तपुरमा गाईजात्राको दिन र त्यस पछि एक सातासम्म पनि विभिन्न नाँच अनि व्यङगात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । (तस्वीर: मतिना त्वानाबसु)