ब्रिटेनमा नेपाली मेला

ब्रिटेनमा नेपाली मेला २०१६ यसै हप्ता आईतबार लण्डनको सनबरी अन टेम्सस्थित केम्प्टन पार्कमा सम्पन्न भएको छ।

ब्रिटेनमा सन् २००९ देखि विभिन्न नेपाली संस्थाहरुको सहयोगमा वर्षेनी नेपाली मेला आयोजना भईरहेको छ। (सबै तस्वीरहरुः प्रदीप सिंह / लण्डन)

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

ब्रिटेनमा सन् २००९ देखि विभिन्न नेपाली संस्थाहरुको सहयोगमा वर्षेनी नेपाली मेला आयोजना भईरहेको छ। (सबै तस्वीरहरुः प्रदीप सिंह / लण्डन)

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

लण्डनस्थित नेपाली राजदूतावास र तमू धीं युकेले आयोजना गरेको उक्त कार्यक्रममा ब्रिटेनका विभिन्न स्थानहरुबाट आएका करीब ८ हजार नेपालीको सहभागिता रहेको थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

मेलाको उद्देश्य ब्रिटेनका नेपाली समुदायमा नेपाली संस्कृति र परम्परा जोगाईराख्नु रहेको बताइएको छ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

दर्जनौं नेपाली समुदायले हस्तकला, गीत, संगीत र नृत्य लगायत प्रस्तुति गरेका थिए र नाचहरुको प्रतिस्पर्धा पनि भएको थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

पुरस्कार जित्ने मध्ये एक लमजुङको समूहले गुरुङ समुदायमाझ लोकप्रिय सोह्रठी नाच प्रस्तुत गरेको थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

मेलामा युवाहरुको उपस्थिति र हरेक कार्यक्रममा सहभागिता उल्लेख्य रुपमा देखिएको थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

मेला ब्रिटेनमा रहेका नेपालीहरुका लागि साथीहरु र आफन्त भेट्ने उपयुक्त अवसर समेत बनेको बताइन्छ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

नेपाली पाककलाको प्रवर्द्धनका लागि राखिएका नेपाली खानाका पसलहरुमा दिनभर विशेष भीड देखिन्थ्यो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

हालका केही वर्षमा सहभागीहरुको संख्या बढेको हुनाले मेलाको स्थल परिवर्तन गरेर धेरै मानिस अटाउने ठाउंमा मेला आयोजना गर्न थालिएको छ।