टोकियोमा ५४ वर्षपछि हिमपात

  • 24 नोभेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption असामान्य चिसो हावापछि टोकियोमा यो नोभेम्बरमा हिउँ परेको छ

जापानको राजधानी टोकियोमा ५४ वर्षपछि पहिलोपटक नोभेम्बर महिनामा हिउँ परेको छ।

यो समयमा सामान्यतया १० देखि १७ डिग्री सेल्सियसको बीचमा तापक्रम हुने भएकोले टोकियोवासीले हिउँ पर्नुलाई आश्चर्यजनक रुपमा हेरेका छन्।

सन् १८७५ मा तथ्यांक राख्न थालिएयता टोकियोको जमिनमा पहिलोपटक हिउँ देखिएको हो।

असामान्य चिसो हावापछि परेको हिउँका कारण सार्वजनिक यातायात सेवा केही समय ढिला भएको थियो।

हिउँमय

जापान टाइम्सका अनुसार जापानी मौसम निकायले सडक हिउँमय हुन सक्ने, बिजुलीका तार तथा रुखमा हिउँ नै हिउँ र प्लास्टिकका हरितगृहहरु हिउँको बोझले भत्किन सक्ने चेतावनी दिएको छ।

पछिल्लो समय सन् १९६२ को नोभेम्बरमा टोकियोमा हिउँ परेको थियो…

तस्वीर कपीराइट AP
  • टोकियोमा गगनचुम्बी भवनहरु थिएनन्- पहिलो आधुनिक गगनचुम्बी कासुमीगसेकी भवन सन् १९६८ मा तयार भएको थियो।
  • टोकियो ओलिम्पिक्स अझै दुई वर्ष पर थियो- उक्त महत्वपूर्ण घटनाले द्रुत आधुनिकीकरण र वृद्धिको शुरुवात गरायो।
  • शिन्कांसेन पनि त्यस्तै थियो- तीव्र गतिको बुलेट ट्रेनले सन् १९६४ मा टोकियोबाट ओसाकासम्म प्रारम्भिक यात्रा पूरा गरेको थियो।
  • अझै धेरै मानिसले परम्परागत शौचालय प्रयोग गर्दछन्- जापान उच्च प्रविधिको शौचालयका लागि प्रसिद्ध होला तर सन् १९६० को दशकपछि मात्रै जापानीहरुले पश्चिमा शैलीका शौचालय प्रयोग गर्न थालेका हुन्।
तस्वीर कपीराइट Reuters
Image caption टोकियोमा शरदका रंगहरुसँग हिउँको रंग थपिएको छ
तस्वीर कपीराइट AFP
Image caption हिमपातले गर्दा कतिपय मानिसलाई सार्वजनिक यातायातमा यात्रा गर्न कठिन भएको थियो
तस्वीर कपीराइट AFP
तस्वीर कपीराइट EPA
Image caption इम्पेरियल दरबार बाहिरी भाग हिउँ परेको सीसाबाट हेर्न सकिन्थ्यो
तस्वीर कपीराइट Reuters
Image caption हिउँ परेको मौसमले सेन्सो-जी पवित्र स्थलमा पर्यटकहरुलाई फोटो खिच्ने अप्रत्यासित अवसर जुराइदिएको थियो
तस्वीर कपीराइट Reuters
Image caption र हिमपातले धेरैले लगाउने जस्तै अन्य मानिसहरुलाई पनि परम्परागत पोशाक लगाउनुपर्ने चुनौती थपिदियो