ब्रजिलका खेलाडी चढेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त

  • 29 नोभेम्बर 2016
विमानको भग्नावशेष तस्वीर कपीराइट TELEANTIOQUIA VIA TWITTER
Image caption विमानको भग्नावशेष

ब्रजिलको एक फुटबल क्लबका खेलाडी सहित ८१ जना सवार विमान कोलम्बियाको मेदेलिन नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्।

प्रहरीका अनुसार दुर्घटनापछि सो विमानमा सवार पाँच जनाको सकुसलै उद्धार गरिएको छ भने बाँकीको ज्यान गयो।

बोलिभियाबाट उडेको उक्त विमान भाडामा लिइएको थियो र त्यसमा ब्रजिलको च्यापेकोयन्से फुटबल क्लबका सदस्यहरु समेत चढेका थिए।

उक्त टोलीले एउटा फुटबल प्रतियोगिताको उपाधिका लागि मेदेलिनको टिम एटलेटिको न्याशनलसँग भिड्ने योजना थियो।

अब उक्त खेल स्थगित भएको छ।

'स्थगित'

च्यापेकोयन्से सन् २०१४ मा मात्रै ब्रजिलको पहिलो डिभिजनमा उक्लिएको थियो।

अर्जेन्टिनाको टिमलाई गत साता पराजित गर्दै उक्त टोली पछिल्लो प्रतियोगिताको अन्तिम दुईमा पुगेको थियो।

विवरणहरुका अनुसार विमानमा ७२ जना यात्रु र ९ जना चालकदलका सदस्य थिए।

विमान दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले आफ्ना सबै खेल तथा क्रियाकलापहरु स्थगित गरिएको जनाएको छ।