सिन्जो आबे पर्ल हार्बरको भ्रमणमा

  • 27 डिसेम्बर 2016
सिन्जो आबे तस्वीर कपीराइट AP

जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाइमा रहेका थुप्रै स्मारकहरुको भ्रमण गरेका छन्।

७५ वर्षअघि अमेरिकालाई दोस्रो विश्वयुद्धमा निम्त्याउने गरि जापानले पर्ल हार्बरमा गरेको हमलामा परि ज्यान गुमाउनेहरुलाई उनले श्रद्धाञ्जली व्यक्त गर्नेछन्।

उनी पर्ल हार्बरस्थित स्मारकमा पनि जानेछन् जहाँ उनलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले साथ दिनेछन्।

हमला

सन् १९४१ मा जापानले अमेरिकाको नौसेनाको अड्डामा हमला गरेपछि जापानका पूर्व प्रधानमन्त्री शिगेरु योसिदाले सन् १९५१ मा पर्ल हार्बरको संक्षिप्त भ्रमण गरेका थिए।

अमेरिकी नौसेनाको अड्डामा हमला भएपछि दुबै देशका राष्ट्रप्रमुखले एकैपटक भ्रमण गरेको यो पहिलोपटक हो।

राजधानी टोकियोबाट अमेरिकाका लागि प्रस्थान गर्नुअघि आबेले विगतका युद्धहरुको अत्याचार जापानले कहिल्यै नदोहोर्याउने सन्देश आफूले दिन चाहेको बताए।

हमलामा परि ज्यान गुमाउनेहरुका लागि प्रार्थना गरे पनि आबेले पर्ल हर्बरमा गरिएको हमलाका लागि माफी भने माग्ने छैनन्।

उक्त हमलामा २३ सय अमेरिकी सैनिकको ज्यान गएपछि त्यसले दोस्रो विश्वयुद्ध जन्माएको थियो।

तस्वीर कपीराइट Getty Images

सम्झना

ओबे र ओबामा दुबैले हवाइमा बैठक गर्नुअघि हमलामा परि ज्यान गुमाउनेहरुको सम्झना गर्नेछन्।

हमलाको ७५ औं वर्ष पुग्नु तीनसाता अघि आबेले यो भ्रमण गरेका हुन्।

यसअघि ओबामाले गत मे महिनामा जापानको हिरोसिमामा भ्रमण गरेका थिए।

सन् १९४५ मा अमेरिकाले डेढ लाख मानिसहरुको ज्यन जाने गरि जापानको हिरोसिमामा परमाणु बम खसालेपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले त्यहाँको भ्रमण गरेको त्यो पहिलो थियो।