कून संस्थाले कति घर बनाए?

  • 10 जनवरी 2017

नेपालमा विनाशकारी भूकम्प गएको झण्डै २० महिनापछि पुनर्निर्माणमा संलग्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (एनजीओ तथा आइएनजीओ)ले भूकम्प पीडिततहरुलाई ९ सय भन्दा कम घर बनाइदिएको पाइएको छ।

गैससबाट निजी आवास निर्माण

निर्माण गरिदिएको घर संख्या

८६२

निर्माण गर्ने प्रतिबद्धता जनाएको घर संख्या

२१,९७१

  • २६ अर्ब ७० करोड घर बनाउन लाग्ने प्रस्तावित लागत

  • ३,२२० अहिले निर्माणाधीन घर संख्या

बीबीसीले भूकम्प पीडितलाई घर बनाउने संघ संस्थाहरुसँग उनीहरुको कामको प्रगतिबारे सोधपूछ गर्दा उक्त तथ्य बाहिर आएको हो।

ती संघ संस्थाहरुले करिब २२ हजार घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका छन्।

ती संस्थाहरुको काम आफ्नो अपेक्षा अनुरुप नदेखिएको अधिकारीहरुले बताएका छन्।

पुनर्निर्माणको ताजा अवस्था

७.५ लाख

पूर्ण क्षति भएका घर संख्या

  • ५.४५ लाख घर बनाउन अनुदान सम्झौता गर्ने घर धनीको संख्या

  • ४१,३११ पुनर्निर्माण सम्पन्न घर

  • २०,८७९ निर्माणाधीन घर

BBC

क्षति

भूकम्पबाट करिब साढे सात लाख घरहरु क्षति भएको सरकारी आँकडा छन्।

तर विपद लगत्तैको उद्दार तथा राहतमा सक्रिय भएका धेरै एनजीओ तथा आइएनजीओ मध्ये २४ वटाले मात्रै भूकम्प पीडितका घर पुनर्निर्माणमा सघाउन सरकारसँग सम्झौता गरेका थिए।

त्यसरी अनुमति लिएका मध्ये केही संस्थाहरुले घर निर्माणको काम शुरु समेत गर्न सकेका छैनन्।

एनजीओ आइएनजीओको प्रगति

निजी आवास पुनर्निर्माण

२४

घर बनाउन अनुमति प्राप्त संस्था

  • हालसम्म एउटा पनि घर बनाउन नसकेका संस्था

  • १९ सयभन्दा बढी घर निर्माणको अनुमति लिएका संस्था

  • सयभन्दा बढी घर बनाइसकेका संस्था

BBC

घर बनाउन रकम पाउने लाभग्राहीको सूची प्रकाशनमा भएका ढिलासुस्ती तथा पुनर्निर्माण प्राधिकरणको नीतिगत अन्यौललाई कतिपय संघ संस्थाले दोष दिएका छन्।

तर प्राधिकरणका अधिकारीहरु चाँही खासै नीतिगत समस्या नरहेको बरु एनजीओ आइएनजीओले नियमित रुपमा आफ्नो कामको प्रगति विवरण आफूलाई नबुझाएर उनीहरुका कामका बारेमा बेखबर बनाएको बताउँछन्।

गैर सरकारी संस्थाहरुले घर पुनर्निर्माण कार्यक्रम अन्तर्गत करिव २६ अर्ब ७० करोड रुपियाँ बारबरको कार्यक्रमका लागि स्वीकृति लिएका छन्।

प्रतिबद्धता अनुरुप सबै घर बनाइसक्ने संस्था

धुर्मुस सुन्तली फाउन्डेशन

६५

बनाइदिएको घर संख्या

  • ५ करोड १७ लाख घर बनाउन लागेको लागत

बीबीसीले उनीहरुसँग हालसम्म खर्च भएको रकमबारे जानकारी माग्दा केही संघ संस्थाले सम्बद्ध निकायलाई आफूले विवरण उपलब्ध गराएको भन्दै जानकारी दिन पनि अस्वीकार गरेका थिए।

भूकम्पपछि घर निर्माण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका संघसंस्थाको सरकारी अनुगमन साह्रै फितलो रहेको गुनासो बेला बेलामा सुनिने गरेको छ।