यमबुद्धको निधनप्रति भावुक श्रद्धाञ्जली

  • 15 जनवरी 2017
यमबुद्ध तस्वीर कपीराइट YamaBuddhaOfficial Facebook

यमबुद्ध नामले चिनिएका र्याप गायक अनिल अधिकारीको निधनको समाचारबारे हाम्रो फेसबुक पेजमा थुप्रै भावविभोर श्रद्धाञ्जली प्राप्त भएका छन्।

मोरङका २९ वर्षीय यमबुद्ध करिब ५ वर्ष अघि 'साथी' नामक गीत गाएपछि चर्चित बनेका थिए।

विशेषगरी युवा पुस्तामाझ लोकप्रिय यमबुद्धले मित्रता र अन्तरंग सम्बन्धहरुमात्र नभई लगायत लागुपदार्थ दुर्व्यसन, चेलीबेटी बेचबिखन र सडक बालबालिका जस्ता विभिन्न विषयमा गीत गाउने गर्दथे।

उनलाई स्थानीय समयअनुसार शनिबार बिहान बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको र घटनास्थलमै मृत घोषित गरिएको लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले बीबीसी नेपालीलाई बताएका थिए।

श्रद्धाञ्जली

उनको निधनपछी उनलाई चिनाएको 'साथी' नामक गीतलाई उद्धृत गर्दै धेरैले हाम्रो फेसबुक पेजमा लेखेका छन्

जित्नु भन्दा ठूलो कुरो

हिम्मत नहार्नू

त्यसैले लड्दै छु,

संघर्ष गर्दैछु।

यमबुद्धप्रति श्रद्धाञ्जली भन्दै यमबुद्धले गाउने गरेको र्याप शैलीमा देवराज खत्री लेख्छन्

मनको ढुकढुकी थियो सबैको

फ्याँकिने प्रत्येक सास थियो उ सबैको

आज सबैको धड्कन बन्द भयो रे!

कारण

अलविदा भयो रे!

अनौपचारिक सर्वेक्षणहरुमा फेसबुकमा सर्वाधिक लाइक पाउने १० नेपालीमध्ये ११ लाख ४० हजारभन्दा बढी लाइक पाउने यमबुद्ध एकजना मात्र पुरुष थिए।

केही दिन अघि मात्रै यमबुद्धले ट्वीटर मार्फत आफ्नो नयाँ एल्बम चाँडै आउने घोषणा गरेका थिए।