रुमेनियामा सरकारविरोधी 'ठूलो' प्रदर्शन

  • 2 फेब्रुअरी 2017
विरोध प्रदर्शन तस्वीर कपीराइट AFP

रुमेनियाको राजधानी बुकरेस्टमा सरकारको विरोधमा हालसम्मकै सबैभन्दा ठूलोमध्ये एक प्रदर्शन गरिएको छ।

बुधबार बेलुका कम्तीमा डेढ लाख मानिसको भीड सरकारी कार्यालयहरु बाहिर जम्मा भएको थियो र अरु नगर र शहरहरुमा पनि जुलुसहरु भएका छन्।

प्रदर्शनकारीहरु तितरबितर हुने क्रममा फुटबलका प्रशंसकहरुले प्रहरीहरुमाथि पटका प्रहार गरेका थिए र प्रहरीले अश्रुग्यासले त्यसको प्रतिक्रिया जनाएका थिए।

मंगलबार बेलुकी त्यो आदेश जारी गरिएको थियो।

विरोध

जेलहरुमा भीड कम गर्न त्यस्तो आदेश जारी गरिएको नयाँ सरकारले बताएको छ।

तर ग्रिन्ड्यानुले आफ्ना सहयोगीहरुलाई जेलबाट रिहा गर्न खोजेको उनका आलोचकहरुको दावी छ।

मध्य दक्षिणपन्थी राष्ट्रपति क्लाउस योहानिससहित थुप्रै मानिसले केही दिनअघि आदेशको विरोध गर्न शुरु गरेका थिए।

बुधबार राति बुकरेस्टमा प्रदर्शनकारीहरुले "राजीनामा देऊ" र "चोरहरु" भन्दै नारा लगाएका थिए।

राजीनामा

संकट गहिरिंदै गएपछि एकजना मन्त्रीले बिहीबार राजीनामा दिएका छन्।

व्यवसाय र उद्यममन्त्री फ्लोरिन जिआनुले फेसबुकमार्फत स्थिरताका लागि आह्वान गरेका छन्।

आफ्ना छोराको आँखामा हेर्न नसक्ने भन्दै उनले छोराका लागि राजीनामा दिएको बताएका छन्।

युरोपेली संघले रुमेनियालाई भ्रष्टाचार नियन्त्रणमा पछि नहट्ने चेतावनी दिएको केही घण्टामै त्यस्तो विरोध प्रदर्शन भएको हो।

युरोपेली परिषद्का प्रमुख जँ-क्लोड युंकरले रुमेनियाका गतिविधिलाई गम्भीर चिन्ता साथ हेरेको बताएका छन्।

आदेशको प्रभाव

त्यो आपतकालीन आदेशले विगतमा अपराध मानिएका थुप्रै कदम अपराध नमानिने बनाएको छ।

शक्तिको दुरुपयोग गरेर ४८ हजार डलरभन्दा धेरै कमाउने मानिस मात्रै जेल जानुपर्ने छ।

भ्रष्टाचार गरेर झण्डै २६ हजार डलर कमाएको आरोप लागेका सोसल डेमोक्रेटिक पार्टीका नेता लीभ्यू ड्रयाग्न्या लगायतका मानिसलाई त्यस्तो आदेशबाट फाइदा हुनेछ।

आदेश अन्तर्गत निर्वाचित अधिकारीहरु र न्यायाधीशहरु रिहा गरिने सूचीमा छन्।