चौँरी महोत्सवको रौनक

करिब ३ हजार ५ सय मिटरको उचाइमा रहेको पूर्वी नेपालको पाँचथरको फालेलुङ्ग गाउँपालिकाको चार रातेमा नयाँ वर्षको अवसरमा बैशाख १ गते पहिलो चौँरी महोत्सवको आयोजना गरिएको थियो। (तस्वीरहरु: उमाकान्त खनाल)

चौँरी
तस्बिरको क्याप्शन,

पहिलोपटक आयोजना गरिएको महोत्सवको उद्देश्य चौँरी पर्यटन प्रवर्द्धन गर्नु रहेको किसानहरुले बताएका छन्।

तस्बिरको क्याप्शन,

आन्तरिक पर्यटकहरु मात्रै नभई भारतका पर्यटकहरु समेत चौँरी हेर्न र रमाइलो गर्न पाँचथरका उच्च भेगमा पुग्ने गर्छन्।

तस्बिरको क्याप्शन,

भाले चौँरी अर्थात् याक उच्च पहाडी भेगमा सामान ढुवानीका लागि प्रयोग गरिन्छ।

तस्बिरको क्याप्शन,

बिहान गोठमा किसानले दूध दोहेपछि चौँरीलाई चरनका लागि छाड्ने गरिन्छ। चौँरीको दूधका परिकार उच्च मूल्यमा विक्री हुने गर्छ।

तस्बिरको क्याप्शन,

चौँरीका बाछा पनि माउसँगै चरनमा निस्कने गर्छन्।

तस्बिरको क्याप्शन,

चौँरीको चरन क्षेत्र नीतिगत रुपमा व्यवस्थित गरिदिन किसानहरुले सरकारलाई आग्रह गरेका छन्।

तस्बिरको क्याप्शन,

चौँरीले गर्मी सहन नसक्ने भएकाले गर्मीयाममा गोठ अझ उचाइमा सार्नुपर्ने किसानहरु बताउँछन्।