अन्यौलमा फुटबल लिग

अन्यौलमा फुटबल लिग

स्थानीय निर्वाचनको कारण देखाउदै अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग फुटबल प्रतियोगिता पर सारेको जनाएको छ। समयमै प्रतियोगिता सञ्चालन हुन नसके विश्व फुटबल महासंघबाट प्राप्त हुन सक्ने ५ करोड रुपैंया भन्दा वढीको वजेट गुम्न सक्ने खतरा वढेको भन्दै क्लब र खेलाडीहरुले चिन्ता ब्यक्त गरिरहेका छन्।