आरोही शेरचनको काठमाण्डूमा अन्त्येष्टि

शव

सगरमाथा आधार शिविरमा मृत्यु भएका आरोही मीनबहादुर शेरचनको राजधानी काठमाण्डूमा अन्त्येष्टि गरिएको छ।

बौद्ध परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको पर्यटन मन्त्रालयका एकजना अधिकारी ज्ञानेन्द्र श्रेष्ठले बताए।

त्यसअघि काठमाण्डूको महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उनको शवको पोस्टमार्टम गरिएको थियो।

आइतबार बिहानै शेरचनको शव आधार शिविरबाट काठमाण्डू ल्याइएको थियो।

आरोहण

शनिबार साँझ शेरचनको सगरमाथा आधार शिविरमा मृत्यु भएको थियो।

म्याग्दी जिल्लाका शेरचन मृत्यु हुनुभन्दा १३ दिनअघि आरोहणका लागि सगरमाथातर्फ लागेका थिए।

१० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा चढेर त्यतिबेला उनले विश्व कीर्तिमान रचेका थिए।

आफ्नो कीर्तिमान तोडिएपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका थिए।

यसअघि सन् २००१३ र २०१५ मा आरोहणका लागि गएपनि हिमपहिरो र भूकम्पका कारण उनी त्यसै फर्किएका थिए।

शेरचन पूर्व गोरखा सैनिक पनि थिए।