१७० वर्ष पुराना चराका चित्र

सन् १८३० को दशकमा नेपालका लागि ब्रिटश रेजिडेण्ट ब्रायन हटन हज्सनको निर्देशनमा नेपाली कलाकारले बनाएका चराका चित्रहरु हालै नेपालमा प्रदर्शनीमा राखिएका थिए।

चरा

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

सन् १८३३ मा ब्रायन हटन हज्सन तत्कालीन ब्रिटिश रेजिडेण्ट बनेर नेपाल आएका थिए। (सबै तस्वीरः काठमाण्डु ट्रेनालेको सहयोगमा लण्डनस्थित Natural History Museum बाट प्राप्त)

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

हज्सनको निर्देशनमा राजमानसिंह चित्रकार लगायत नेपाली कलाकारले नेपालका चरा, जनावर, बौद्ध धर्म, र वास्तुकला लगायत थुप्रै पक्षको अभिलेख गरेका थिए।

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

छ वटा पुस्तकमा गरेर नेपालमा पाइने प्रजातिमध्ये आधा अर्थात करिब साढे चार सय प्रजातिका चरा ती चित्रकारले अभिलेख गरेका छन्।

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

संसारभरका चराका प्रजातिमध्ये दश प्रतिशत नेपालमा पाइन्छन् जसमध्ये यो संकलनमा १६० वटा संसारमै पहिलोपटक अभिलेख गरिएका हुन्।

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

त्यसरी चित्रित चरामध्ये सातवटा अहिले नेपालमा पाइँदैनन् भने 'पिंक हेडेड डक' भनिने एउटा हाँसको प्रजाति संसारबाटै लोप भएको मानिएको छ।

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

हज्सनको निर्देशनमा बनेका चित्रमा नेपाली कलामा पहिलोपटक पानी रंग, यथार्थपरकता र तीन आयामिक दृष्टिकोण लगायतका पश्चिमा पद्धतिहरु भित्रिएको मानिन्छ।

तस्बिर स्रोत, Natural History Museum, London

तस्बिरको क्याप्शन,

कोलकाता हुँदै युरोपका विभिन्न संग्रहालयमा पुगेका हज्सनका दर्जनौं संकलनमध्ये कुनै पनि ग्रन्थको मूलप्रति नेपाल फर्केको यो पहिलोपटक हो।