पहिलो चरणको स्थानीय चुनाव-तस्वीरमा

सातमध्ये तीनवटा प्रदेशमा स्थानीय निकायको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ, केही स्थानमा भने हिंसाका छिटपुट घटना भएका छन्।

भक्तपुरका मतदाता फोटो: मतिना त्वानाबासु
तस्बिरको क्याप्शन,

भूकम्पबाट नराम्ररी प्रभावितमध्येको एउटा जिल्ला भक्तपुरमा जस्तै विभिन्न उमेर र शारीरिक अवस्थाका मानिसहरु आफ्नो चयनको उम्मेदवारलाई मत दिन अनुकूल समयमा सहयोगका साथ मत दिन आएका थिए। फोटो: मतिना त्वानाबासु

तस्बिरको क्याप्शन,

संघीयता कार्यान्वयनको चरणमा स्थानीय तहहरु गाउँ, नगर र महानगरपालिकाका रुपमा वर्गीकृत भएका छन्। नयाँ संघीय गणतान्त्रिक नेपालको सातमध्ये तीनवटा प्रदेशमा स्थानीय निर्वाचन सम्पन्न भएको छ। फोटो: सुरेन्द्र फुयाल

तस्बिरको क्याप्शन,

स्थानीय सरकार पन‌ि भनिने स्थानीय निकायका पदाधिकारीहरुको चयनका लागि पहिलो चरण स्वरुप ३, ४ र ६ नम्बर प्रदेशमा बिहान सात बजेदेखि नै मतदाताहरु उत्साहका साथ उपस्थित भएका थिए। फोटो: उमाकान्त खनाल

तस्बिरको क्याप्शन,

जुम्ला लगायत देशका दुर्गम भेगमा भएको मतदानमा महिला मतदाताको संख्या पन‌ि उल्लेख्य रुपमा देखिएको बताइएको छ। फोटो: कृष्णमाया उपाध्याय

तस्बिरको क्याप्शन,

स्थानीय तहको चुनावमा भाग लिन देशका विभिन्न तीन प्रदेशमा मतदाताहरु बिहानैदेखि लाइनमा बसेका थिए। पोखरामा पनि ठूलो संख्यामा मतदाता मतदान केन्द्रहरुमा देखिएका थिए। फोटो: नारायण कार्की

तस्बिरको क्याप्शन,

झण्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुको ठूलो चासो र आकर्षण देख‌िएको बताइएको छ। बाग्लुङ्मा आफन्तको मृत्युको शोकमा रहेका मतदाताले समेत निर्वाचनमा भाग लिएका थिए। फोटो: रविना बोहोरा

तस्बिरको क्याप्शन,

मतदान केन्द्रहरुमा मतदाताको सेवाका लागि स्वास्थ्य उपचारको पनि व्यवस्था थियो। भक्तपुरको एउटा मतदान केन्द्रमा स्वास्थ्यकर्मी तयार अवस्थामा रहेका थिए। फोटो: उमाकान्त खनाल

तस्बिरको क्याप्शन,

मतदान अवधिमा निर्वाचन आयोगले प्रशासनको अनुमतिमा मात्र सवारीसाधनहरु चलाउन पाउने नियम तोकेको थियो। काठमाण्डूमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरेको थियो। फोटो: कमल परियार

तस्बिरको क्याप्शन,

नियम विपरीत चलाइएका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा ल‌िएको थियो। फोटो: उमाकान्त खनाल

तस्बिरको क्याप्शन,

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार बेलुकी पाँच बजे मतदान सम्पन्न भएको छ। नुवाकोटस्थित एउटा मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि प्रहरीको सुरक्षामाझ मतपेटिकामा सिलबन्दी गरिएको थियो। फोटो: शक्तिमाया तामाङ

तस्बिरको क्याप्शन,

मतदान सम्पन्न भएका स्थानहरुबाट मतपेटिका नजिकको गणना केन्द्रमा लग‌िएको छ र निर्वाचन आयोगले तोकेको प्रावधान अनुरुप मतगणना हुने भएको छ। नुवाकोटमा मतदान सम्पन्न भएपछि मतपेटिकाहरु प्रहरी सुरक्षामा गणनास्थलमा लगिएको छ। फोटो: शक्तिमाया तामाङ