लण्डन हमलाः ‘चार स्थानमा खोजी जारी’

कारबाही

तस्बिर स्रोत, Getty Images

ब्रिटिश प्रहरीले शनिबार रातिको हमलापछि लण्डनका चारवटा स्थानमा अबेर रातिसम्म खोजी कार्य जारी राखिएको जनाएको छ।

अनुसन्धानकर्ताहरुले तीनजना हमलाकारीले अरु कसैबाट कुनै सहयोग लिए वा नलिएकोबारे पत्ता लगाउने प्रयास गरिरहेका छन्।

पूर्वी लण्डनमा प्रहरीले छापा मारेर ११ जनालाई पक्राउ गरेको छ।

हमलाकारीहरुको पहिचानबारे आफूहरुलाई थाहा भएको प्रहरीको विश्वास छ।

सार्वजनिक

तस्बिर स्रोत, EPA

यद्यपि उनीहरुका ‍नाम पछि सार्वजनिक गरिने सुरक्षा अधिकारीहरुले बताएका छन्।

'लण्डन ब्रिज' मा शनिबार राति तीनजनाले पैदलयात्रुमाथि एउटा भ्यान लगेर ठोक्काइ नजिकैको 'बरो मार्केट' का पब र रेष्टुराँहरुमा रहेका मानिसमाथि छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको थियो।

घटनामा कम्तीमा ५० जना घाइते भएका छन्।

तथाकथित इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ।