को थिइन् डिना बाङ्देल?

को थिइन् डिना बाङ्देल?

कला अन्वेषक र इतिहासकारका रुपमा परिचित ५४ वर्षीया डिना बाङ्देलको मंगलबार अमेरिकामा निधन भएको थियो।

बौद्ध कलाका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएकी डिना बाङ्देल प्रसिद्ध कलाकार तथा लेखक लैनसिंह बाङ्देलकी एक्ली छोरी थिइन्।

उनी कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको प्रमुख थिइन्।

दक्षिण एसियाको समकालीन कला जस्ता विषयमा अनुसन्धानरत उनका थुप्रै पुस्तक प्रकाशित छन्।

उनको असामयिक निधनबाट नेपाली कला जगत स्तब्ध भएको छ भने कतिपयले नेपाली कला जगतले अन्तर्राष्ट्रिय स्तरको कला प्रवर्धक गुमाएको अनुभव गरेका छन्।

प्रस्तुत छ डिना बाङ्देलको विशेषज्ञता र योगदानका बारे नेपाली कला जगतका केही प्रतिष्ठित व्यक्तित्वहरुको टिप्पणी।

भिडिओ, सम्पादन र रिपोर्टिंग: कमल परियार, बीबीसी नेपाली

तस्वीर: स्वर्गीय डिना बाङ्देलको फेसबुक पेज