नागपञ्चमी र रक्षाबन्धन

जनै पूर्णिमामा यसपटक चन्द्र ग्रहण परेकाले नेपालमा हिन्दुहरुले नाग पञ्चमीको दिननै नागको पूजासँगै रक्षा बन्धन गरेका छन्।

रक्षा बन्धन

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

नेपाल सरकारको पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार यसपटक नेपाली हिन्दुहरुले नाग पञ्चमीकै दिन नागको पूजासँगै रक्षाबन्धन गरेका छन्। ब्रतबन्ध गरेकाहरुले जनै धारण गर्दछन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

नयाँ जनै लगाउनुअघि वा रक्षा बन्धन गर्नुपूर्व हिन्दुहरुले पवित्र नदीमा गइ स्नान गर्ने गर्दछन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

रक्षा बन्धनको अवसरमा जुम्लाको दामसाँघुमा रहेको शिव मन्दिरमा पनि बिहानैदेखि हिन्दु श्रद्धालुहरुको घुँइचो लागेको थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

साउन महिनाको शुक्ल पक्षको पञ्चमीका दिन हिन्दुहरुले नागको पूजा गर्ने गर्दछन्। कैयौं मन्दिर परिसरमा भक्तहरुले सर्प वा नागको पूजा गरेका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

नाग पञ्चमीको अवसरमा राजधानी काठमाण्डूको नाग पोखरीलाई झकिझकाउ पार्दै स्थानीयबासीले विशेष पूजा गरेका छन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

नागहरुको पूजा गरिने दिन हिन्दुहरुले घर-घरमा नागका चित्र घरको मूल ढोकामाथि टाँस्ने गर्दछन्। अधिकांश स्थानमा ब्राम्हणद्वारा मन्त्रोच्चरणसहित नागका चित्र टाँस्ने गरिन्छ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

राजधानी काठमाण्डूमा साना मन्दिर छेउछाउ बसेका ब्राम्हणहरुले कैयौं हिन्दुहरुलाई रक्षा बन्धन गर्नुका साथै जनै लगाइदिएका छन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

रक्षा बन्धनका अवसरमा कैयौं नेपाली हिन्दुले दिदीबहिनी वा अन्य मान्यजनको हातबाट ‘राखी’ समेत लगाउने चलन छ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

रक्षा बन्धनका सामाग्री बिक्रीका लागि राखिएका विराटनगर र तराईका अन्य शहरबजारमा रक्षा बन्धनका अवसरमा बजारमा रौनक छाएको छ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

रक्षा बन्धन गर्नुअघि हिन्दुहरुले नजिकैको नदी वा कुण्डमा गइ स्नान गर्ने गर्दछन्। रक्षा बन्धनका बेलामा नेपालका विभिन्न नदी र कुण्ड र तीर्थस्थलमा हिन्दु श्रद्धालुहरुको घुँइचो लाग्ने गर्दछ।