सबैभन्दा बढी पढिएका साताका सात समाचार

बीबीसी नेपाली सेवाको वेबसाइटमा सबैभन्दा धेरै पढिएका साताका सात समाचार।
निर्वासित नेपाली किशोरी जर्मनी फर्किन पाउने
कक्षाकोठाबाट निकालेर नेपाल फिर्ता पठाइएकी एक किशोरीलाई विद्यार्थी भिसामा जर्मनी फर्कन अनुमति दिइएको छ।
"पहाड हल्लाए भन्दा कठिन"
चीनको रक्षा मन्त्रालयले आफ्नो सार्वभौमसत्ता कुनै पनि मूल्यमा रक्षा गर्ने भन्दै भारतीय सीमासँगै रहेको तिब्बत क्षेत्रमा धेरै सेना खटाउने बताएको छ।
अमेरिकामा ट्रकभित्र आठजना मृत फेला
अमेरिकाको टेक्सास राज्यको सान एन्टोनिओ शहरस्थित एउटा वालमार्टबाहिर पार्क गरिएको ट्रकमा आठजना मृत फेला परेको प्रहरीले जनाएको छ।
मसँग माफी दिने पूर्ण अधिकार छ: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन्।
लाखौं पाउण्ड पर्ने हिराको औंठी बेपत्ता
लण्डनस्थित प्रसिद्ध संग्रहालय ब्रिटिश म्युजियमबाट गत ६ वर्षदेखि बेपत्ता रहेको एउटा बहुमूल्य हिराको औंठीलाई अहिले आएर हराएको भनी औपचारिक रुपमा दर्ता गरिएको छ।
शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता
उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निष्कर्षको विश्लेषण गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।
अमेरिकी प्रतिबन्धप्रति युरोप चिन्तित
एक विज्ञप्ति जारी गर्दै युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यङ्करले रुसविरुद्ध प्रतिबन्ध लगाउने विषयमा युरोपेली युनियन प्रतिबद्ध रहेको जनाएका छन्।