गाईजात्रा: मृतक आफन्तको सम्झना

काठमाण्डू उपत्यका लगायत देशका विभिन्न भागमा मनाइएको गाईजात्रा पर्वका केही झलक।

काठमाण्डू हनुमानढोका दरबार अगाड‌ि गाईजात्रा। तस्वीर: नभेश चित्रकार, रोएटर्स

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

तिथि अनुसार भाद्र कृष्ण प्रतिप्रदाका दिन हरेक वर्ष राजधानी उपत्यका र बाहिरका पूराना नेवार वस्तीहरुमा गाईजात्रा विशेष महत्वका साथ मनाइन्छ। तस्वीर: नभेश चित्रकार, रोएटर्स

तस्बिर स्रोत, Basudev Poudel/rss

तस्बिरको क्याप्शन,

चलन अनुसार, वर्षभरीमा कसैको घरमा आफन्तको मृत्यु भएको छ भने ती आफन्तको सम्झनामा उक्त घरबाट गाईजात्रा निकालिन्छ। पोखराको गाईजात्रा। तस्वीर: वासुदेव पौडेल, रासस।

तस्बिर स्रोत, Kedar Magar/RSS

तस्बिरको क्याप्शन,

घरघरबाट गाईजात्रा निकालिंदा मृतकका सन्ततिले विभिन्न श्रृंगार गरेर गाईको भेष धारण गर्ने, गाईलाई नै श्रृंगार गर्ने, जोगी तथा अन्य हांस उठ्दो भेष धारण गर्ने गरेको पाइन्छ। खोटांगको गाईजात्रा। तस्वीर: केदार मगर, रासस।

तस्बिर स्रोत, Matina Twanabasu/BBC

तस्बिरको क्याप्शन,

राजधानी उपत्यकामा रहेका साना ठूला पूराना शहरका दरबार क्षेत्र गाईजात्राको झांकीका केन्द्रविन्दू हुने गर्छन्। अन्य स्थानको दाँजोमा भक्तपुर शहरमा गाईजात्रा निकालिने प्रचलन निकै भिन्न र आकर्षक मानिन्छ।

तस्बिर स्रोत, Matina Twanabasu/BBC

तस्बिरको क्याप्शन,

पुराना भजन गाउंदै हिंड्ने बाजा टोली, घिन्तां किसी नाच, हास्यरस प्रधान नृत्य, देवी देउताका झांकी आदि गाईजात्राका विशेष आकर्षण हुन्। भक्तपुरको गाईजात्रा।

तस्बिर स्रोत, Matina Twanabasu/BBC

तस्बिरको क्याप्शन,

गाईजात्रा आफ्नो पारिवारिक चलन अनुसार घरैबाट या पुरानो शहरको निर्दिष्ट स्थानमा जम्मा भई निकालिने गरिन्छ। गाईजात्रा पर्वका बेला भक्तपुर जस्ता पुराना शहरमा विशेष नाच र समारोहहरु आयोजना गर्ने गरिन्छ।

तस्बिर स्रोत, Matina Twanabasu/BBC

तस्बिरको क्याप्शन,

राज्यको तर्फबाट हुने गरेका विसंगतिहरुलाई व्यंग्य गर्ने पर्वका रुपमा पनि गाईजात्रालाई लिने गरिन्छ।

तस्बिर स्रोत, PRAKASH MATHEMA/AFP

तस्बिरको क्याप्शन,

गाईजात्राको झांकीमा सहभागी भएकाहरुलाई भोक र थकाई मेट्न सहज होस् भनेर शहर परिक्रमा मार्गमा दुध ख्वाउन बस्नेहरु पनि हुन्छन्। यसो गर्दा पितृ खुशी हुने र पूण्य प्राप्त हुने जनविश्वास छ। जात धर्म र सम्प्रदाय अनुसार गाईजात्रा निकालिने परम्परामा केही भिन्नता रहने गर्छ।

तस्बिर स्रोत, PRAKASH MATHEMA/AFP

तस्बिरको क्याप्शन,

पुत्र वियोगमा शोकाकुल रानीलाई मृत्यु अवश्यंभावी सत्य हो र आफन्तको निधनमा राजादेखि रंकसम्म सबै शोकमा रहन्छन् भन्ने बोध गराउन दरबार नजिकबाट गाईजात्राको झांकी लैजाने परम्परा रहेको किंवदन्ती छ। हनुमानढोका दरबार अगाडि गाईजात्राको एक टोली।