बाढीपहिरोले निम्त्याएको व्यथा
अविरल वर्षापछिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ।

वर्षाका कारण पूर्वी नेपालका अधिकांश शहर जलमग्न भएका छन्।
तस्बिर स्रोत, Nepal Army
उद्धार कार्यमा सुरक्षाकर्मी खटिएका छन् तर वर्षा नरोकिएपछि कतिपय स्थानमा उद्धार हुन नसकेको बताइएको छ।
वर्षापछिको बाढी गाउँ पस्दा तराईका कैयौं स्थानमा सयौं घर डुबानमा परेका छन्।
अविरल वर्षापछि पूर्वपश्चिम राजमार्गको केही खण्डमा सडक तथा पुल भत्किएका छन्।
शहरबजार जलमग्न हुँदा मानिसहरुलाई आवातजावतमा समस्या भएको छ। कतिपय स्थानमा विद्युत र खानेपानी सेवा अवरुद्ध भएका छन्।
अविरल वर्षाका कारण महत्वपूर्ण पूर्वाधारमा समेत प्रभाव परेको छ। विराटनगर विमास्थल जलमग्न हुँदा उडानहरु प्रभावित भएका छन्।