अमेरिकामा खग्रास सूर्य ग्रहणका दृश्य

संयुक्त राज्य अमेरिकामा पछिल्लो ९९ वर्षपछि पहिलोपटक देखिएको खग्रास सूर्य ग्रहण हेर्न हजारौं मानिसहरुको भीड लागेको थियो।

ग्रहण

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन,

यसअघि सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा खग्रास सूर्य ग्रहण हेर्न पाइएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

यो अद्‍भुत खगोलीय घटना हेर्नका निम्ति हजारौं मानिसहरु पार्कहरु र आकाशीय पिण्डहरुको अवलोकन गर्ने विशेष स्थानहरुमा जम्मा भएका थिए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

सूर्य ग्रहण शुरु हुनुअघिको दृश्य। सूर्य ग्रहण डेढ घण्टासम्म रह्यो र अमेरिकाका १४ वटा राज्यमा देखिएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

सन् १९१८ पछि पहिलोपटक खग्रास सूर्य ग्रहण प्रशान्त तथा आन्ध्र महासागर क्षेत्रबाट देखिएको बताइएको छ।

तस्बिर स्रोत, AFP/EPA

तस्बिरको क्याप्शन,

यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा हुने गर्छ जसका कारण केही समयका लागि एउटा विशेष क्षेत्रमा अँध्यारो हुन पुग्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

सूर्य ग्रहण हेर्ने मानिसहरुको भीडलाई मध्यनजर गर्दै प्रशासनले पार्किङ र सुरक्षा लगायतको अतिरिक्त व्यवस्था गरेको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानियाले सूर्य ग्रहणको दृश्यावलोकन ह्वाइट हाउसको बार्दलीबाट गरेका थिए।