अमेरिकामा आँधीले बाढी निम्त्याउने चेतावनी

  • 26 अगस्ट 2017
टेक्ससमा आँधी तस्वीर कपीराइट Reuters

अमेरिकामा अधिकारीहरुले हाल टेक्सस राज्यमा आइरहेको हार्भी नामक शक्तिशाली आँधीले विनाशकारी प्रभाव निम्त्याउने चेतावनी दिएका छन्।

स्थानीय समय अनुसार गए राती उक्त आँधी त्यहाँ प्रवेश गरेको थियो।

उक्त आँधीका कारण प्रतिघण्टा दुई सय किलोमिटर वेगको हुरी चलेको थियो।

वर्षा

खासगरि टेक्सस राज्यका तटीय इलाकाहरुमा २१५ किलोमिटर प्रतिघण्टाको शुरुवाती वेगमा आँधीहुरी चलेको थियो।

अमेरिकाको मूलभूमिमा वितेको १३ वर्ष यताकै सबैभन्दा ठूलो भनिएको आँधी विस्तारै अघि बढिरहेको छ।

त्यसले ठाउँठाउँमा भारी वर्षा गराएको छ।

त्यहाँ केही स्थानीयबासिन्दा भत्किएका घरहरुमा फसिरहेको हुनसक्ने ठानिएको छ भने दशौं हजार घरहरु बिजुलीबाट वञ्चित भएका छन्।

विस्तारै आँधीको वेग कमजोर बन्दै गएको बताइएको छ।

तटीय नगर रकपोर्ट सबैभन्दा प्रभावित भएको देखिन्छ।

त्यहाँको आपतकालीन सेवाले जनाए अनुसार एउटा स्कूल, एउटा होटेल र एउटा ज्येष्ठ नागरिकहरुबस्ने आवासीय कम्प्लेक्समा संरचनागत क्षति भएका छन्।