हाइड्रोजन बम परीक्षण: उत्तर कोरिया

  • 3 सेप्टेम्बर 2017

भूगर्भवीदहरुले भूकम्प मापन गरेको केही घण्टापछि यो साम्यवादी मुलुकले उसको छैठौं आणविक परीक्षण "असाध्यै सफल" रहेको बताएको छ।

तस्वीर कपीराइट REUTERS/KCNA
Image caption उत्तर कोरियाली नेता किम जङ उनले हाइड्रोजन बम निरिक्षण गरेको भनिएको केही घण्टामा यो समाचार आएको छ

प्योङयाङले एउटा अणुबम भन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको बताएको छ।

जापानले परीक्षणको भत्सर्ना गरेको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक गरेका छन्।

कृत्रिम भूकम्प उत्तर कोरियाको पाँचौं परीक्षण भन्दा ९.८ गुणा शक्तिशाली रहेको बताइएको छ।

तस्वीर कपीराइट EPA/USGS
Image caption अमेरिकी युएसजीएसले भूकम्प आएको क्षेत्र पंगे-री परीक्षणस्थल नजिकै रहेको बताएको छ

उत्तर कोरियाली नेता किम जङ उनले नयाँ प्रकारको हाइड्रोजन बम निरिक्षण गरिरहेको तस्बिर त्यहाँको राज्य सञ्चालित मिडियाले सार्वजनिक गरेको केही घण्टामा यो खबर आएको छ।