शरणार्थीलाई थप सहायताको आह्वान

  • 13 सेप्टेम्बर 2017
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भाग्दा साथमा के थियो?

म्यानमारमा मच्चिएको हिंसाबाट जोगिन भागेर बाँग्लादेश पुगेका झण्डै चार लाख रोहिंज्या शरणार्थीको सहायताका निम्ति पर्याप्त सहयोग पुग्न नसकेको संयुक्त राष्ट्रसंघले बताएको छ।

शरणार्थी शिविरको भ्रमणपश्चात राष्ट्रसंघीय शरणार्थी निकायका वरिष्ठ अधिकारीले सहायतामा धेरै वृद्धिको आह्वान गरेका छन्।

म्यानमारकी नेतृ सू ची राष्ट्रसंघ नजाने

म्यानमारमा बीबीसी संवाददाताले के देखे?

अपिल

यसअघि रोहिंज्या समुदायप्रति गरिएको व्यवहारलाई लिएर कुनै टिप्पणी नगरेको अनि कुनै कदम नचालेको भन्दै आलोचित म्यानमारकी नेतृ आंग सान सू चीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क नजाने बताइन्।

तर एक प्रवक्ताले उनले अर्को मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रिय मेलमिलाप र शान्तिको अपिल गर्ने बताए।

म्यानमारको सरकारले जातीय सफायाको अभियान चलाएको भन्दै राष्ट्रसंघले आरोप लगाएको छ।

बौद्धमार्गीहरुको बहुल रहेको म्यानमारमा अल्पसंख्यक मुसलमान रोहिंज्या समुदाय लामो समयदेखि उत्पीडित थिए।

म्यानमारले उनीहरुलाई अवैध आप्रबासी भन्ने गरेको छ।

तिनलाई नागरिकता दिइएको छैन।

रोहिंज्या संकटबारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बुधबार बस्दैछ।