सबैभन्दा धेरै पढिएका साताका सात समाचार

सबैभन्दा धेरै पढिएका साताका सात समाचार
चीनबाट आयो सुरुङ खन्ने 'अत्याधुनिक' यन्त्र
राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक 'टनेल बोरिङ मसिन (टिबिएम)' ल्याइएको भेरी-बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन्।
रोहिंज्या रोक्न नेपालद्वारा सीमामा कडाइ
भारतमा रहेका रोहिंज्या शरणार्थी नेपाल पस्न सक्ने सम्भावना रहेको भन्दै गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताएको छ।
'कसैसँग नहार्ने परमाणु शक्ति सम्पन्न देश'
उत्तर कोरियाले गत शनिवार आफ्नो स्थापनाको ६९ औं वर्षगाँठ मनाएको छ।
कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?
सन् १८४० को जुन महिनामा ब्रिटिश युद्धपोतहरुको एउटा लश्कर चीनको पर्ल रिभर डेल्टामा पुगेर आक्रमण शुरु गर्यो। उतिबेला कमजोर तटीय सुरक्षा व्यवस्था रहेको पृष्ठभूमिका बीच लडाइँमा ब्रिटेनको सामना गर्न नसकेको चीन घुडाँ टेक्न बाध्य भयो।
रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!
म्यानमारबाट आएका रोहिंज्या मुसलमान शरणार्थी अवैध र देशको सुरक्षाको निम्ति खतरा रहेको भन्दै भारत सरकारले हालै उनीहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ।
कतार संकट: फोन वार्तापछि रियाद आक्रोशित
साउदी अरेबियाले कतारसँग वार्ता स्थगित गरेको बताएको छ।
शरणार्थीलाई थप सहायताको आह्वान
म्यानमारमा मच्चिएको हिंसाबाट जोगिन भागेर बाँग्लादेश पुगेका झण्डै चार लाख रोहिंज्या शरणार्थीको सहायताका निम्ति पर्याप्त सहयोग पुग्न नसकेको संयुक्त राष्ट्रसंघले बताएको छ।