प्रदेशसभा र प्रतिनिधिसभा मतपत्रको ढाँचा टुँगियो

  • 18 सेप्टेम्बर 2017
मतदान

सोमबार स्थानीय तहको चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी मतपत्रको ढाँचा तय भएको जनाएको छ।

जस अनुसार २ वटा मतपत्र हुने र ४ वटा छाप लगाउन मिल्ने व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए।

"हामीले निर्वाचन छिटो छरितो गराउनका लागि गरेको प्रस्तावलाई दलहरुले मानेका छन," यादवले बीबीसीलाई बताए।

सहमति

सोमबार साँझ आयोगका पदाधिकारी र प्रमुख दलहरुका नेताहरुबीच भएको छलफलमा यस्तो सहमति जुटेको बैठकमा सहभागी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बताएका छन्।

प्रत्यक्ष तर्फको एउटा मतपत्र हुने र त्यसमा एकातिर प्रतिनिधिसभा र अर्कोतिर प्रदेशसभा सदस्यलाई मतदान गर्न मिल्ने व्यवस्था आयोगले दलहरुसँग प्रस्ताव गरेको थियो।

त्यस्तै व्यवस्था समानुपातिकको मतपत्रमा पनि हुने बताइएको छ।

सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपस्थित थिए।