'प्रदेश नं. २ मा सबैभन्दा बढी मतदान'

  • 19 सेप्टेम्बर 2017
मतदान

प्रदेश नं. २ मा सोमवार सम्पन्न मतदानमा सबैभन्दा बढी ७७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

७३ प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट दिएको निर्वाचन आयोगले मंगलबार त्यसको पूर्ण विवरण सार्वजनिक गर्दै अरु प्रदेशहरुमा भन्दा बढी मत खसेको बताएको हो।

८ वटा जिल्लामध्ये स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत सबैभन्दा बढी रौतहटमा ८० दशमलव ४ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

आयोगका अनुसार पर्सामा ८० दशमलव १, बारामा ७९ दशमलव ४ र सिरहामा ७७ दशमलव ४ प्रतिशत मत खसेको छ।

'धेरै स्थानमा तारजालीभित्र मतगणना'

मतगणना

त्यसैगरी सप्तरीमा ७६ दशमलव ४, सर्लाहीमा ७६ दशमलव ३, धनुषामा ७३ दशमलव ७ र महोतरीमा ७३ दशमलव ३ प्रतिशत मत खसेको छ।

मतदान भएका १३६ स्थानीय तहमध्ये अहिलेसम्म झण्डै १ सय स्थानीय तहमा मतगणना शुरु भइसकेको आयोगले जनाएको छ।

बाँकी स्थानमा राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको अधिकारीहरुले बताएका छन्।

गणक र मतपत्रको सुरक्षाका लागि भन्दै कतिपय मतणना स्थलहरुमा तारजालीको व्यवस्था गरिएको हाम्रा संवाददाताहरुले बताएका छन्।