क्याटलन जनमत संग्रहका क्रममा झडप

  • 1 अक्टोबर 2017
क्याटलन तस्वीर कपीराइट AFP

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहका क्रममा झडप भएका छन्।

जनमत संग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवाले जनाएको छ।

स्पेनको संवैधानिक अदालतले उक्त जनमत संग्रह अवैधानिक भएको बताएको छ।

स्पेनी सरकारले मतदान रोक्न आग्रह गर्दै आएको छ।

आलोचना

तस्वीर कपीराइट Getty Images
Image caption स्वतन्त्रता पक्षधरहरु मतदान केन्द्रमा मत खसाल्न बिहानैदेखि लामबद्ध भएका थिए।

क्याटलन नेताहरुले संघीय प्रहरीको कारबाहीको आलोचना गरेका छन्।

प्रहरी अधिकृतहरुले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन्।

कैयौं स्थानमा मतपत्र र मतपेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ।