लास भेगस गोलीकान्ड
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लास भेगसमा भएको गोलीकाण्डमा कम्तीमा ५० जनाको मृत्यु

  • 2 अक्टोबर 2017

संयुक्त राज्य अमेरिकाको लास भेगस शहरमा आयोजित सांगीतिक कार्यक्रममा एकजना बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा पचास जनाको ज्यान गएको छ भने दुईसयजनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीले ति बन्दुकधारी ६४ वर्षिय स्थानीयवासी स्टिभन प्याडक भएको बताएको छ।

तिनीहरुका अनुसार ति व्यक्तिले एउटा खुला सांगीतिक कार्यक्रममा नजीकै रहेको एउटा होटेल तथा क्यासिनोको ३२औं तलाबाट गोली प्रहार गरेका थिए।

पछि ति हमलाकारीले आफैलाई गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

अमेरिकामा हालै भएकाहरु मध्ये यो सबैभन्दा हिंसात्मक गोलीकाण्ड हो।