मुगाबेको सदभावना दूतमा नियुक्ति रद्द

  • 22 अक्टोबर 2017
रोबर्ट मुगाबे तस्वीर कपीराइट Reuters

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सदभावना दूतका रुपमा केही दिन अघि नियुक्त गरिएका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेलाई सो संगठनले उक्त पदबाट हटाएको छ।

एउटा विज्ञप्तीमा डब्लुएचओका प्रमुख टेड्रोस एड हानम गेब्रीयसोसले मुगाबेको नियुक्ति रद्द गर्नु उक्त संगठनको हितमा रहेको बताएका छन्।

जिम्बाब्वेको स्वास्थ्य सेवालाई ३० वर्षको आफ्नो शासनकालमा धराशायी बनाएको आरोप खेपिरहेका मुगाबेको नियुक्तिको चौतर्फी आलोचना भएको थियो।

जिम्बाब्वेको विपक्षी दलले उक्य निर्णयलाई हास्यास्पद भनेको थियो।

ब्रिटेन र संयुक्त राज्य अमेरिकाले आफ्ना असन्तुष्टी सार्वजनिक गरेका थिए। बीबीसीका जिनिभा संवाददाता भन्छन् मुगाबेलाई नियुक्त गर्ने निर्णयले डब्लुएचओको अहिलेको नेतृत्वको क्षमतामाथि प्रश्न उठाएको छ।