रोहिंज्याका लागि रकम जुटाउन सम्मेलन

  • 23 अक्टोबर 2017
रोहिंज्या तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसंघले म्यानमारबाट भागेर बांग्लादेश पुगेका रोहिंज्या मुस्लिमहरुलाई सघाउनका निम्ति रकम जुटाउन स्वीट्जरल्याण्डको जिनिभामा सोमवार एउटा सम्मेलनको आयोजना गर्दैछ।

राष्ट्रसंघका अनुसार पछिल्ला केही हप्ताभित्रै पाँच लाखभन्दा बढी रोहिंज्याहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्।

अल्पसंख्यक रोहिंज्या मुस्लिमहरु बांग्लादेश पुग्ने क्रम अहिले पनि नरोकिएको र अझै दैनिक हजारौंको संख्यामा त्यहाँ पुगिरहेका छन्।

र, त्यसबाट ठूलो मानवीय संकट उत्पन्न भइरहेको राष्ट्रसंघले जनाएको छ।

जो एक्लैले रोहिंज्या संकट सुल्झाउन सक्छन्

रोहिंज्या संकटः राष्ट्रसंघमाथि प्रश्न

रोहिंज्या संकट: सू चीलाई 'अन्तिम मौका'

दयनीय

अन्तर्राष्ट्रिय सहायताकर्मीहरुका अनुसार गत आठ हप्तायता बांग्लादेश पुगेका रोहिंज्या मुस्लिमहरुको अवस्था दयनीय छ।

रोहिंज्या शरणार्थीहरुले स्वच्छ खानेपानी, खाना र पर्याप्त आश्रयस्थलको अभावको सामना गर्नुपरेको सहायताकर्मीले बताएका छन्।

तस्वीर कपीराइट Getty Images

म्यानमारमा हिंसा चर्केपछि शुरुवाततिरै ३ लाख रोहिंज्या मुस्लिमहरु बांग्लादेश पुगेका थिए।

अहिले बांग्लादेश पुगिरहेका रोहिंज्याहरुलाई सघाउन त्यहाँका अधिकारीहरुले ठूलो संघर्ष गर्नुपरेको छ।

दाता

तर तत्कालको संकट टार्नका निम्ति आर्थिक सहायता जुटाउन राष्ट्रसंघले सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ।

आउँदो फेब्रुअरीसम्मको गर्जो टार्न राष्ट्रसंघलाई ४३ करोड ४० लाख डलरको खाँचो छ।

तस्वीर कपीराइट AFP

र, उसलाई आशा छ जिनिभा पुगिरहेका दाता मुलुकहरुले उदारतापूर्वक सहयोगको प्रतिवद्धता जनाउनेछन्।

गत २५ अगष्टमा रोहिंज्या विद्रोहीको आक्रमणमा परेर रखाइन राज्यमा १२ सुरक्षाकर्मीको मृत्यु भएपछि सेनाले अल्पसंख्यक रोहिंज्याविरुद्ध कारवाही थालेसँगै रोहिंज्याहरुले म्यानमार छाड्ने क्रम बढ्दो छ।